कविन्द्र परियार, राप्तीसोनारी ।
राप्तीसोनारी गाउँपालिका वडा ९ ढकेरीमा मानव वन्यजन्तु द्वन्द न्युुनीकरण सम्बन्धि उपभोक्ता समिति स्तरीय अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजना र ढकेरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको व्यवस्थापनमा संचालन गरिएको कार्यक्रममा बोल्दै बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम कुमार शाहले पर्यावरण संरक्षणमा सबैको उत्तिके महत्वपुर्ण भुमिका रहने बताउदै वन वन्यजन्तुको संरक्षण गरेमा मात्र सबैको अस्तित्व रहने बताए । उनले वन्यजन्तुको पनि यो धर्तीमा उत्तिकै बाँच्न पाउने अधिकार रहेकाले सचेत नागरिकले बुझ्नुपर्ने समेत बताए ।
कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका उमेश पौडेलले स्लाइड मार्फत मानव वन्यजन्तु बिच हुने न्युनीकरणका उपाय बारे जानकारी गराए गराउदै पाटेबाघको संरक्षण गरेमा हुने फाइदा र स्थनीयबासीले बन्यजन्तु बारे अपनाउने पर्ने सावधानीमा विषयमा जनाकारी गराएका थिए । कार्यक्रममा सहभागीहरुले विभिन्न विषयहरुमा जिज्ञासा राखेका थिए ।
कार्यक्रममा राप्तीसोनारी ९ का वडा सदस्य प्रेम बहादुर वली जेडएसएलका प्रतिनिधिहरु राष्ट्रिय प्रकृति सरक्षण कोषका मनोज गौतम जनता माध्यमिक विद्यालय राप्तीसोनारी ९ का प्रधानाध्यापक भद्र बहादुर केसी चोरी शिकार नियन्त्रण युवा अभियानकी अध्यक्ष शान्ति चौधरी सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती समितिका पदाधिकारीको उपस्थिति रहेको थियोे कार्यक्रम ढकेरी मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति अध्यक्ष दल बहादुर खड्काको सभापतिमा कार्यक्रम सम्पन्न भएको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्