Kohalpur Today Header Ads

कोहलपुर १३ का सचिवले छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गरे




कोहलपुर ।

कोहलपुर नगरपालिका-१३ का सचिव मिन बहादुर विकले बिहिबार कोहलपुर नगरपालिका १३ स्थित बालशिक्षा मावि विद्यालयमा भर्ना गरिदिएका छन् ।

बाँकेमा जिल्लाका प्रख्यात ग्रिन पिसमा अध्ययनरत छोरी मिनाक्षी दुब्रोकोटीलाई कक्षा ४ मा भर्ना गरिएको हो भने छोरा कृषव दुब्रोकोटीलाई बालविकासमा पहिलो पटक भर्ना गरिएको हो ।

LIfe Ok

देशभर विद्यार्थी भर्ना अभियान चलिरहेको बेला विकले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गरेर अरुका सामु उदाहरण बनेका छन् ।

सामुदायिक विद्यालयमा पढाईको आर्कषण बढाउनमा आफैबाट अभियान सुरु गरिएको विकको भनाई छ । ‘सरकारी सेवामा लागि रहेकाहरु बाटै यस्तो अभियान सुरु नगरी नहुने रहेछ ।

त्यही महसुस गरेर मैले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गरेको हु’ विकले भने । उनले विद्यालयका शिक्षक, सामाजिक अगुवाहरुले पनि आफ्नो काममा साथ दिने विश्वास लिएका छन् ।

विद्यालयका प्रअ टर्क खत्रीले आफ्नो विद्यालय पढाईमा कुनै पनि विद्यालयभन्दा कम नरहेको बताउँदै बालबालिकाको भविष्य सुधार हुनेमा ढुक्क रहन आग्रह गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० वैशाख ७ गते बिहीबार