पञ्चमुखीमा अध्ययनरत मनकारी भावर्गब मल्ल: जन्मदिनको अवसरमा बृद्धाआश्रमलाई सहयोग

कोहलपुर ।

कोहलपुर नगरपालिकामा रहेको पञ्चमुखी ईमी स्कुलमा अध्ययनरत भावर्गव मल्ले आफ्नाे जन्मदिनमा बुद्धाआश्रमलाई सहयोग गरेका छन् ।

जन्मिदिनको अवसरमा होटल तथा अन्य रेष्टुरेण्टमा गएर खर्च गर्नुभन्दा बृद्धबृद्धाहरुलाई सहयोग गर्ने उद्देश्यले निलसागरमा बसिरहेका २० बृद्धबृद्धाहरुलाई सहयोग गरेका हुन् । उनी अहिले १३ वर्षमा प्रवेश गरेका छन् ।

मल्लका अनुसार आफ्नो जन्मदिन भट्किलोे भन्दा पनि बृद्धबृद्धाहरुलाई सहयोग गरेको निकै खुसी भएको बताए ।

आफ्नो खाजा खर्चबाट उनले चामल ६० केजी, दाल ३ केजी, चिनि २ केजी , फलफूल २० केजी, तेल ४ पोका, नुन २ पोका, खुर्सानी आधा केजी, आलु ५ केजी र नगद रकम समेत उपलब्ध गएका थिए ।