कोहलपुर ।
सञ्चारीका समूह बाँकेद्धारा २१औं स्थापना दिवसको अवसरमा क्यालेन्डर बिमोचन गरेको छ । बुधबार ‘लैङ्गिक मुद्धाहरुलाई मुल प्रवाहमा ल्याउ मिडियामा महिला पत्रकारहरुको प्रतिनिधित्व बढाऔं’ भन्ने मुल नाराका साथ कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले २१औं स्थापना दिवसको अवसरमा क्यालेण्डर बिमोचन गरेकी थिइन् ।
उपप्रमुख सुवेदीले महिला शशक्तिकरणमा गरेको महिला पत्रकारहरुको कार्यलाई प्रशंसा गर्दै समाजको परिवर्तन र रुपान्तरणमा समेत कलम चलाउन आग्रह गरेकी थिइन् । महिला पत्रकारहरुले अबका दिनहरुमा समाजमा रहेको गम्भिर मुद्धाहरुमा कलम चलाउन समेत आग्रह गरेकी थिइन् ।
क्यालेन्डर विमोचन कार्यक्रममा नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका सचिव शिव सुनार, नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, नेपाल पत्रकार महासंघ बाँकेका सदस्य डिल्ली शाही, कोहलपुर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, सञ्चारिका समूह बाँकेकी संस्थापक अध्यक्ष अछरी पोखरेल, प्रेस चौतारीका लुम्बिनी प्रदेशका उपाध्यक्ष लक्ष्मि लिमिल्सेना, अकोरावका केन्द्रिय सदस्य हेमन्त विश्वकर्मा, कोनपा ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, प्रेस चौतारी बाँकेका उपाध्यक्ष विनोद भट्टराई, दलित पत्रकार संघ बाँकेका अध्यक्ष कविन्द्र परियार, प्रेस सेन्टरका कोहलपुरका अध्यक्ष पुष्पराज हमाल लगायतको उपस्थिति रहेको थियो ।
सञ्चारीका समूह बाँकेका कार्यवहाक अध्यक्ष सरला सुवेदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो भने समूहकी कोषाध्यक्ष धना केसीले स्वागत मन्तव्य राखेकी थिइन् । यस्तै समूहकी महासचिव पवित्रा परियारले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
काेहलपुर टुडे । २९ चैत्र २०७९, बुधबार १८:५३