नयाँ वर्षको अवसरमा कोहलपुर ८ मा आजदेखि भलिबल प्रतियोगिता सुरु

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नंं ८ मा नयाँ बर्षका अवसरमा भलिबल प्रतियोगिता सुरु भएको छ ।

द राइजिङ्ग युथ क्लबको आयोजनामा आजदेखि कोहलपुर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष नम बहादुर आलेले उदघाटन गर्दै भलिबल सुरु भएको हो ।

वडा अध्यक्ष आलेले खेलकुदमा वडास्तर देखि नै खेलकुदको विकास गर्नका लागि भलिबल प्रतियोगिता सुरु गरिएको बताए ।

आलेले रेफ्री युवराज रावतलाई बल हस्तान्तरण गर्दै खेल सुरु भएको थियो ।

प्रतियोगितामा कोहलपुर नगरपालिकाका ७ वटा वडाले सहभागीता जनाएको अंकित योगीले जानकारी दिए । जसमा २, ३, ७, ९, १०, १२ र ८ का भने दुई टिम गरी ८ वटा टिमले भलिबल प्रतियोगितामा सहभागि भएका छन् ।

योगीका अनुसार प्रथम २० हजार र द्धितीय १० हजार रुपैया नगद पुरस्कार सहित प्रमाण पत्र समेत दिइनेछ ।