कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा रहेको पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले दुई जनालाई सम्मान गरेको छ ।
शनिबार पूर्णिमा साहित्य रत्न सम्मान अर्पण र एकल कविता बाचन कार्यक्रममा बरिष्ठ साहित्यकार रेशम विरही र गजलकार श्रेष्ठ प्रिया पत्थरलाई पूर्णिमा साहित्य रत्न मार्फत नगद रकम सहित सम्मान गरिएको हो । सम्मान हुने दुबै जनालाई जनही २५ हजार ५ सय पच्पन्न रुपैया उपलब्ध गराइएको थियो ।
कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष कपिल अञ्जानको अध्यक्षता र प्राज्ञ कथाकार सनत रेग्मीको प्रमुख अथित्यतामा कार्यक्रम भएको थियो ।

यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि कथाकार सनत रेग्मीले हाम्रो पूर्णिमाले नेपाली भाषा र साहित्यको जर्गेनामा पुर्याएको योगदानको प्रशंसा गरे । पूर्णिमाको साहित्यप्रतिको योगदानको चर्चा गर्दै रेग्मीले साहित्यिक गतिविधिले नेपाली साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका निर्बाह गरेको बताए ।
यस्तै एकल कविता वाचन कार्यक्रममा कवि केशव सिग्देलले आफ्नो दर्जनौं कविता दर्शकलाई सुनाए । कवितामा देश विदेश, गरिबी, भष्टाचार लगायत अन्य विभिन्न गतिविधि सम्बन्धीका कविताहरु करिब १ घण्टासम्म सुनाएका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले कैदी बन्दीहरुका लागि पुस्तक हस्तान्तरण गरिएको बताए ।
यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान सभाका प्राज्ञद्वय महानन्द ढकाल, शसिराम कार्की, कोहलपुर नगरपालिका १२ का वडाध्यक्ष विरेन्द्र कुमार शाह, साहित्यकारहरु सागर गैरे, पुष्कर रिजाल, सुमित्रा न्यौपाने, हेमन्ती जोशी, गजलकार देवकी निरौला, भावना पाठक लगायत करिब १ सय ५० जनाभन्दा बढि राजनीतिज्ञ समाजसेवी, पूर्णिमाका पदाधिकारी, साहित्यानुरागी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रतिष्ठानका सचिब बद्रि ढकाल हिरामणी र सह–सचिब खोपीराम वलीले गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्