सल्यानमा करेन्ट लागेर एककाे मृत्यु

सल्यान ।

सल्यानको दमाचौरमा फाइबर नेट जडान गर्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको शारदा नगरपालिका २ डाडाँगाउँ निवासी ४२ वर्षीय प्रलाद शाहको शनिबार दमाचौरमा नेटको फाइबर तार विस्तार गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मृत्यु हुने प्रलाद शाह वर्डलिंक नेटवर्कका कर्मचारी हुनुहुन्छ । सल्यानको दमाचौरमा फाइबर लाइन विस्तार गर्न विद्युतको पोलमा सिढि लगाउने क्रममा शाहलाई करेन्ट लागेको थियो ।

करेन्ट लागि गम्भीर घाइते शाहको स्थानीय दिघार्यू मेडिकलमा सामान्य उपचारपछि उँहालाई जिल्ला अस्पताल सल्यान ल्याउदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।