Kohalpur Today Header Ads

ढुक्क भएर काम गर्न ट्रेड युनियनकर्मीलाई सभापति गौडेलको आग्रह




काेहलपुर ।

नेपाली कांग्रेसका सभापति नारायणसाद गौडेलले ढुक्क भएर आफ्नो काम गर्न ट्रेड युनियनकर्मीहरुलाई आग्रह गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस स्थानीय तह कार्यसमितिको पदभार तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गौडेलले ट्रेड युनियनकर्मीहरुलाई अप्ठेरो पर्दा पार्टी सधैं साथमा रहने बताए । उनले उत्कृष्ट काम गर्ने स्थानीय तह कार्यसमितिलाई पार्टीले सम्मान गर्ने उद्घोष समेत गरे । सभापति गौडेलले भने-“तपाईंहरु जुन उत्साह र उर्जाका साथ कार्यसमितिमा आउनुभएको छ, यही उर्जा कायम राखेर काम गर्नुहोला ।”

LIfe Ok

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेले आयोजना गरेको कार्यक्रममा स्थानीय तह कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई पदभारसंगै प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसक्रममा ट्रेड युनियन आवद्ध विभिन्न संगठन र समितिहरुमा निर्वाचित पदाधिकारी र सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका अध्यक्ष रामबहादुर मल्लको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस लुम्बिनीका अध्यक्ष मुकुण्द अधिकारी, नेपाल तरुण दलका पूर्व महासचिव हुर्मतकुमार न्यौपाने लगायतले बोलेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २४ गते शुक्रबार