Kohalpur Today Header Ads

रामजानकी माविद्धारा कक्षा १२ का विद्यार्थीलाई विदाई




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० स्थित रामजानकी माविले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको छ । शुक्रबार कक्षा ११ का विद्यार्थी पुनम बुढा सभापति र कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद विश्वकर्माको प्रमुख अतिथिमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई सम्मान सहित विदाई गरेका हुन् ।

LIfe Ok

रामजानकी माविमा लामोसमयदेखि गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्दै आइरहेको छ भने कोहलपुर नगरपालिकाको सबैभन्दा पुरानो विद्यालय समेत हो । विद्यालयहरुमा सिकेका विषयबस्तुलाई समाज, घरपरिवार र देशको विकासमा सक्षम व्यक्ति उत्पादन भएको र अझै त्यसलाई विद्यालय र शिक्षकहरुको समेत शिर उच्च राख्ने काम गर्न विद्यालयका निर्देशक दिनेश सिग्देलले जानकारी दिए ।

विदार्ई कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि ईश्वरीप्रसाद विश्वकर्माले कोहलपुरको शैक्षिक हव बनाउने संकल्पलाई पुरा गर्न यस विद्यालयले अग्रनी भूमिका खेलेको बताए । विदाई कार्यक्रममा नगर शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, नेपाली काँग्रेसकी नेतृ अञ्जना पाण्डे, विद्यालयका प्रिन्सिपल केआर चौधरी र अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २४ गते शुक्रबार