रुकुम (पूर्व)मा सिस्नो टिप्न गएका दुई दिदी–बहिनीको हत्या !

रुकुमपूर्व ।

रुकुमपूर्वमा सिस्नाे टिप्न गएका एउटै घरकी दुई दिदी–बहिनी मृत फेला परेका छन्।

पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा बुधबार सिस्नो टिप्न गएका तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र ९ वर्षीया कालिमाया बुढामगर बिहीबार बिहान मृत फेला परेका हुन्।

दुई दिदी–बहिनीले लगाएको गरगहना लुटपाट गरी विभत्स हत्या गरिएको अवस्थामा उनीहरुको शव फेला परेको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा मगरले बताएकी छन्। घटनाको थप अनुसन्धान गरिरहेकाे छ ।