Kohalpur Today Header Ads

चन्चलकली हात्तीको सुँड काटियो




चितवन ।

सौराहामा बाँधेर राखिएको एक हात्तीको सुँड अज्ञात समूहले काटेका छन्। पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड मंगलबार राति काटिएको हो।

सौराहास्थित रेष्टुराँ एण्ड बार एसोसिएसनका पूर्वअध्यक्ष समेत रहेका खतिवडाका अनुसार मंगलबार राति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको थियो। हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको भनाइ छ।

LIfe Ok

हात्तीलाई मार्ने उद्देश्यले सुँड काटिएको हुन सक्ने खतिवडाले बताए। उनका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड ६ इन्च काटिएको छ।

बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको सुँड काटिएको हो। काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारका बारेमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरूबीच छलफल भइरहेको खतिवडाले बताए। हात्तीले खानका लागि आहारा तान्न र कुनै कुरा टिप्न सुँडको प्रयोग गर्दछ।

जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको बताए।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत २३ गते बिहीबार