महेन्द्र पुस्तकालयमा नेपाल भारत साहित्य सङगोष्ठी

शिवध्वज शाही, कोहलपुर

नेपालगन्जको महेन्द्र पुस्तकालयमा नेपाल भारत साहित्य सङगोष्ठीको आयोजना गरिएको छ । नेपालगन्जको पुरानो पुस्तकालय महेन्द्र पुस्तकालयमा आज  नेपाल भारत साहित्य गोष्ठीको आयोजना गरिएको हो । गोष्ठीमा नेपाल र भारतका दर्जनौं साहित्यकार साहित्यक गोष्ठीमा नेपाली भाषा साहित्यका व्यक्ति, शिक्षाविज्ञहरू, विभिन्न संघसंस्थाका अध्यक्षहरुको उपस्थित भएको थियो ।

पुर्व प्राज्ञ तथा साहित्यकार सनद रेग्मी, नेपाल प्रज्ञा प्रतिस्ठानका प्राज्ञ सदस्यहरु महानन्द ढकाल, शसिराम कार्की, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एवम् ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका सचिव एकराज शर्मा, खजुरा प्रज्ञाप्रतिस्ठानका उपकुलपति डा.ईन्द्र भन्डारी, भेरी साहित्य प्रतिस्ठानका अध्यक्ष एवम् महेन्द्र पुस्तकालयका सल्लाहकार उप प्राध्यापक हरि प्रसाद तिमिल्सिना नेपाल तथा भारतका विभिन्न साहित्यकारहरुको सहभागिता रहेको महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवले जानकारी दिए ।


कार्यक्रममा नेपाल तथा भारतबाट आएका साहित्यकारहरु लाई सम्मान गरिएको थियो । गोष्ठीमा नेपाली रास्टृय गानका साथै भारतीय रास्ट्रिय गान समेत गाईएको थियो भन भारतीय साहित्यकारहरुले नेपाली साहित्यकारहरुलाई मायाको चिनो सहित सम्मान गरेर एक आपसमा मित्रवत गरेका थिए  गोष्ठी चैत्र १८ देखि २० गते सम्म चल्ने छ ।