भारतमा ४ महिनादेखि एक नेपाली वेपत्ता

कविन्द्र परियार, राप्तीसाेनारी ।

मजदुरीका लागी भारत गएका एक नेपाली ४ महिनादेखि वेपत्ता भएका छन । गत मंसिर रोजगारीका लागी भारत गएका राप्तीसोनारी ८ बाँकेका धन बहादुर कुसारी भारतको हिमान्चल प्रदेशको सिम्ला जिल्ला कोटखाइबाट वेपत्ता भएका हुन ।

कोटखाइ स्थित बागी भन्ने ठाउँबाट वेपत्ता भएको पारिवारिक स्रोतले जनाएको छ । बागीमा मजदुरी गरिरहेका कुसारी फागुन १२ गते घर जान्छु भनि फर्किएको तर त्यसपछि परिवारको सम्पर्कमा न आएको उनकी श्रीमती खैरे कुसारीले बताइन ।

‘हामीले भारतमा पुगेर थुप्रै ठाउँमा खोजी सकियौ तर कुनै पत्तो लगाउन सकिएन अहिले हामी पिडामा छौ, उनले भनिन्, ,१ सामान्य अवस्था भएको कुसारीको परिवारले उनको खोजीमा धेरै खर्च गरिसकेको छ ।,

यस अघि भारतमा मजदुरीका लागी जाने गरेका ६१ वर्षीय कुसारी यसपटक एक्लै घर फर्किन्छु भनि हेडेका थिए । उनी बागीबाट गाडी चढेर कुन स्थानमा पुगे या पुगेनन भन्ने समेत टुंगो लाग्न सकेको छैन ।

कुसारीको परिवारले माइती नेपाल नेपालगन्जमा पनि घटना बारे जानकारी गराएका छ्न । माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाले कुसारी हराएको जानकारी प्राप्त भएको र खोजीका लागी भारती प्रहरीसंग समन्वय गरिएको जानकारी दिए।

भारतमा कतै फेला पारेमा नेपाल स्थित मोबाइल नं 9749898230, 9864929841 वा माइती नेपालमा सम्पर्क गरिदिनुहुन कुसारीको परिवारले आग्रह गरेको छ ।