स्थानीय तह कर्मचारी युनियनको जिल्ला अध्यक्षमा लोकेन्द्र चन्द

भगवती पोख्रेल, कोहलपुर

स्थानीय कर्मचारी युनियनको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल ट्रेडयुनियन कांग्रेस अन्तर्गतको शुवेच्छुक संस्था स्थानीय तह कर्मचारी संघको जिल्ला अधिवेशन कोहलपुरको टिटपमा भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला उपसभापति गोपाल प्रसाद अधिकारीले ट्रेड युनियनमा आवद्ध सम्पूर्ण लाई शुभकामना दिएका थिए ।

उनले देश तरल अवस्थामा रहेकोले सम्पूर्ण कर्मचारीहरुले आफ्नो जिम्मेवार र कर्तव्य लाई बोध गरि काम गर्न निर्देशन दिए । कर्मचारीहरु पालिका प्रमुख, उप प्रमुख र कार्यकारी अधिकृतसंग समन्वय गर्दै आफ्नो जिम्मेवार पूरा गर्न अनुरोध गरे ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस बांकेका उपसभापति कृष्ण बहादुर कार्कीले हरेक कर्मचारीहरुले आफ्नो कार्यालयको काम र पेशागत जिम्मेवारी संगै अध्ययन अध्यापन गर्न पनि निर्देशन दिए । उनले अस्थायी तथा करार कर्मचारीलाई काम गर्न, समयमा तलब पाउन निकै गार्‍हो भएकोले प्रतिस्पर्धा गर्ने गरि अध्ययन गर्न र आफ्नो भविस्य निर्माण गर्न जोड दिए ।

कार्यक्रममा कोहलपुर वडा नं -१२ का वडाध्यक्ष एवम् नेपालि कांग्रेस कोहलपुर नगरसभापती विरेन्द्र कुमार शाहले ट्रेड युनियनका अधिकारहरु लाई स्थानीय पालिकामा समावेश गर्नका लागि सबैको साथ र सहयोग हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा प्रजातन्त्रवादी प्राध्यापक संघ बागेश्वरी क्याम्पसका सभापति एकराज शर्मा, शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य बद्रीनाथ सापकोटा, नेपाल ट्रेड युनियन बांके जिल्ला अध्यक्ष राम बहादुर मल्ल, उपाध्यक्ष लक्ष्मी पौडेल, कोहलपुर कर्मचारी युनियनका अध्यक्ष हरि वलि, नेपाल शिक्षक संघ बैजनाथ गाउपालिका सदस्य कृष्ण कुमार शाही लगायत ट्रेड युनियन कर्मि, सन्चारकर्मिको समेत उपस्थित  रहेको थियो ।

कार्यक्रम नेपाल स्वास्थकर्मी संघका अध्यक्ष देवेन्द्र के सि को सभापतित्वमा सम्पन्न भएको थियो । अधिवेशनबाट नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । स्थानीय कर्मचारी युनियनको प्रथम जिल्ला अधिवेशनले लोकेन्द्र चन्दको अध्यक्षतामा नंया कार्य समिति गठन गरिएको मल्लले जानकारी दिए । जसको १३ सदस्यीय कार्यसमिति चयन गरेको छ भने ८ स्थानीय पालिका कर्मचारी युनियनको समेत चयन गरेको छ ।