बाँकेमा लोपउन्मूख संरक्षित बन्यजन्तु सालक सहित ६ जना पक्राउ

काेहलपुर

बाँकेको नेपालगन्ज-२० हाेटल अतिथि नजिकैबाट लोपउन्मूख संरक्षित बन्यजन्तु सालक सहित ६ जना पक्राउ गरेकाे छ ।

शनिबार बिहान करिब ९:३० बजेकाे समयमा नेपालगन्ज २० स्थित हाेटलअतिथि अगाडि बा १२ च ७२५१ नम्बरकाे स्कारपियाे गाडिमा रहेका व्यक्तिहरूले लोपउन्मूख संरक्षित बन्यजन्तु सालककाे काराेबार गने लागेकाे विशेष सूचनाका आधारमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले ६ जना पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालयले काेहलपुरले जनाएको छ ।

ईलाका प्रहरी कार्यालयले काेहलपुरका अनुसार तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय तथा यस कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले गाडीको अगाडीको चालकको बाँया साईडको सिटमुनी कलेजी रङको प्लाष्टिकको थैलोमा लुकाई राखेको अवस्थामा पक्राउ गरेकाे ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले काेहलपुर टुडेलाई जानकारी दिए ।

तिवारीका अनुसार पुच्छर देखि टाउको सम्मको लम्वाई ३ फिट १० ईन्च लम्बाई भएको जिउदो अवस्थामा फेला पारिएकाे बताए ।

पक्राउ पर्नेमा कैलाली जोशीपुर गाँउपालिका ४ का ३४ वर्षका नरेन्द्र कुमार चाैधरी, ३ का २३ वर्षका प्रेम चाैधरी, १ का ३४ वर्षका जिवनदान चाैधरी, बर्दिया राजापुर नगरपालिका ६ का विजय कुमार चन्द र ६ का विवेक थारू र ५ का ४८ वर्षका एकराज थारू रहेका छ ।

बा १२ च ७२५९ नम्वरको स्कारपियो गाडीभे.७ प.४३५१ नम्बरको पल्सर मोटरसाईकल समेत बरामद गरेकाे ईलाका प्रहरी कार्यालय काेहलपुरका प्रमुख डिएसपी तिवारीले बताए ।

तिवारीले पक्राउ गरेका ६ जना व्यक्तिहरूलाई सव-डिभिजन बन कार्यालय बाँकेमा पठाईएकाे छ भने थप अनुसन्धान भईरहेकाे बताए ।