कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ५ मा रहेको पञ्चमूखी स्कुलद्धारा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई उज्वल भविष्यको कामना सहित विदाइ गरेको छ ।

शनिबार कक्षा ९ मा अध्ययरत विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई उत्कृष्ट नतिजाको ल्याई विद्यालयको गरिमा उच्च बनाईराख्न हौसला प्रदान गर्दै एसईई दिने ३० जना विद्यार्थीलाई विदाई गरिएको विद्यालयका एमडि किशोर राज मल्ले जानकारी दिए । मल्लका अनुसार आगामी १७ गतेदेखि सञ्चालन हुन लागेको एसईई परिक्षामा सहभागि हुने बालबालिकालाई मनोबल उच्च बनाउन हौसला प्रदान गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिकाका सामाजिक विकास संयोजक तथा कार्यक्रमका प्रमुख अतिथि ईश्वरीप्रसाद विश्वकर्माले कोहलपुर नगरपालिकाको शैक्षिक हव बनाउने संकल्प बताए । ‘यस विद्यालयका सञ्चालक, प्रिन्सिपल र कुशल प्रशासन भएकै कारणले बहुआयमिक बालबालिका उत्पादन गरेको छ,’ उनले भने, आजको यूगले चाहेको जस्तो बालबालिका छन् ।’ समाजलाई रुपान्तरण गर्ने किसिमको दक्ष जनशक्ति उत्पादन गरेको यस विद्यालयलाई नगरपालिकाले गर्नुपर्ने सहयोगमा काँही कतै कन्जुस्याई नगरी सहयोग गर्ने विश्वकर्माले प्रतिवद्धता व्यक्त गरे ।

विदाई कार्यक्रममा बालबालिकाले साहित्य, कमेडि, नृत्य, नाटक, कराते जस्ता अन्य अतिरिक्त क्रियाकलापहरु गरेका थिए । यस विद्यालयले राष्ट्रपति रनिङ शिल्ड, कोहलपुर मेयर रनिङ शिल्ड र उपमेयर रनिङ शिल्ड उत्कृष्ट नतिजा ल्याउन सफल भएको थियो भने नृत्य प्रतियोगितामा पालिकादेखि जिल्ला, प्रदेश र केन्द्रसम्मकै प्रथम स्थान ल्याउन सफल भएको थियो ।

यस्तै यस विद्यालयका प्रशासन प्रमुख बालकुमार शर्मा, पिन्सिपल डिल्ली राज घिमिरे, शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । यस्तै कक्षा ९ का अंकित हमालको अध्यक्षतामा कार्यक्रम भएको थियो भने रिया कुंवर र सिमृका रेग्मीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्