Kohalpur Today Header Ads

इलाका प्रहरी कार्यालय कोहलपुरमा निःशुल्क नागरिक सहायता कक्षको स्थापना




कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा निःशुुल्क नागरिक सहायता कक्षा स्थापना भएको छ । विगतमा इलाका प्रहरी कार्यालय कोहलपुरले नागरिक सहायता कक्षा स्थापना गरी निःशुल्क निवेदन लेखी तथा आवश्यक परामर्श गर्ने नयाँ काम सुरुवात गरेको हो ।

घरेलु हिंसा, लैंगिक हिंसा लगायतका घटनामा पीडितले निवेदन मात्र लेख्दा करिब १ हजारदेखि २ हजारसम्म शुल्क बाहिर तिरेर लेखाउनुपर्ने समस्या रहेछ, त्यस समस्याको न्यूनिकरण गर्न प्रहरी स्वयमले नै निःशुल्क रुपमा निवेदन लेखी तथा आवश्यक परामर्श गर्न थालेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले कोहलपुर टुडेलाई बताए ।

LIfe Ok

हिंसामा पिडितले ठाडो उजुरी दिन चाहेमा निःशुल्क तथा प्रहरीको परामर्शबाट अगाडि बढ्न मद्धत पुग्ने डिएसपी तिवारीले बताए ।

तिवारीका अनुसार निःशुल्क नागरिक सहायता कक्षको स्थापना गरेको दुई हप्तामा नै घरेलु हिंसा, लैंगिक हिंसा लगायतका घटनामा पीडित भई आउनुभएका २ सय ३ जना सेवाग्राही आएका छन् । यो स्थापना भएपछि काम कारवाहीहरु सहज र सरल हुने विश्वास लिएको डिएसपी तिवारीले कोहलपुर टुडेलाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ८ गते बुधबार