कोहलपुर ।
नेपाल विद्यालय कर्मचारी परिषद्ले लेखापाल र कार्यलय सहयोगीको तत्काल तलबमान लागू गर्ने माग सहित ध्यानाकर्षण पत्र बुझाएको छ ।
मंगलबार जिल्ला विकास समन्वय एकाई बाँके मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठमी भत्तपुरलाई नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष कृष्ण कँवर र सचिव रुद्रमणि शर्मा लगायत पदाअधिकारीहरुले शिक्षा कार्यालय प्रमुख भगवान प्रशाद पौडेल ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
नेपाल विद्यालय कर्मचारी परिसद राष्ट्रिय समितिको वि.स.२०७९ फागुन ८ र ९ गतेको तेस्रो सम्मेलको घोषणा पत्र अनुसार कार्य गर्न गराउन र अर्थ मन्त्रालयको योजना तथा बजेटमा कर्मचारीको तलबमान कायम गर्न ध्यानाकर्षण गराइएको अध्यक्ष कृष्ण कँवरले जानकारी दिए ।
ध्यानाकर्षण पत्र हेर्नुहोस् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्