निकै हर्ष उल्लासका बहुमुखी क्याम्पस कोहलपुरमा मत खस्यो

भगवती पोख्रेल कोहलपुर

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भैरहेको छ । अहिले ५:०० बजे अन्तिम समय सम्म  समय तालिका अनुसार जम्मा ११९२ मा प्रत्यक्ष तर्फ ९६० र ९६० समानुपातिक तर्फपनि त्यति नै मत खसेको निर्वाचन प्रवक्ता एकराज शर्माले जानकारी दिए । जसमा छात्र २४५ र छात्रा ७१५ ले मतदानमा भाग लिएको शर्माले जानकारी दिए । मतगणना आज नै हुने उनको भनाइ रहेको छ ।


अहिलेसम्म मतदान स्थलमा स्वतन्त्र, निस्पक्ष र धांधली रहित तरिकाबाट निर्वाचन भैइरहेको शर्माले जानकारी दिए । एक एक घन्टामा मत खसेको विवरण लिने र आवश्यकता परे उनलाई सम्पर्क गर्नका लागि  सकिए उनले वताए ।

मतदान ३ वटा बुथमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको अलग अलग भैइरहेको र हाल सम्म मतदान स्थल वरिपरि कुनै खालको अप्रिय घटना नभएको शर्माले जानकारी दिए । मतदान केन्द्रको बुथ नं १ मा मतदान अधिकृत तोयानाथ पहाडी, बुथ नं २ मा रमेशचन्द्र अधिकारी र बुथ नं ३ ध्रुव कुमार अधिकारि रहेको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा आज निर्वाचन भैरहेको भएपनि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा चैत्र ८ गते हुने छ । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा निकै सौहाद्र स्वतन्त्र, निस्पक्ष र धांधलि रहित वातावरणमा निर्वाचन सम्पन्न भएको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए ।