भगवती पोख्रेल, कोहलपुर ।
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा ७ सय ८९ मत खसेको छ । २ बजेको पछिल्ला अपडेट अनुसार बागेश्वरी बहुमुखी क्याम्पसमा अहिले प्रत्यक्ष तर्फ ७ सय ८९ मत र सामानुपातिक तर्फ ७ सय ८२ मत खसेको स्ववियू निर्वाचनका प्रवक्ता एकराज शर्माले जानकारी दिएका छन् । विहान ७ बजेबाट मतदान सुरु भएको थियो । शर्माका अनुसार स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन भईरहेको शर्माले बताए ।
निर्वाचन प्रवक्ता शर्माका अनुसार ३ वटा बुथबाट मतदान भइरहेको छ । जसमा व्यवस्थापन, मानविकी र शिक्षाशास्त्र संकायको छुटछुटै मतदान गरिरहेकोले सहज र सरल भएको छ उनका अनुसार मतदान केन्द्रको बुथ नं १ मा मतदान अधिकृत तोयानाथ पहाडी, बुथ नं २ मा रमेशचन्द्र अधिकारी र बुथ नं ३ ध्रुव कुमार अधिकारि रहेको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए ।
नेपालगन्ज नर्सिङ्ग क्याम्पस, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस र जन सिद्देश्वर बहुमुखी क्याम्पसमा निर्वाचन हुँदैछ ।
मतदाता नामावलीमा नाम रहेका विद्यार्थीहरुले अपरान्ह ४ बजेसम्म आफ्नो क्याम्पसमा पुगेर मतदान गर्न पाउनेछन् । निर्वाचन हुन गइरहेका क्याम्पसमा विद्यार्थी संगठनहरु कतै सहकार्य र कतै प्रतिस्पर्धा गर्नेगरी चुनावी मैदानमा उत्रिएका छन् । विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु आफू अनुकूल हुनेगरी गठबन्धन गरेर समेत चुनावी मैदानमा उत्रिएका हुन् ।
जिल्लामा स्ववियु निर्वाचन हुन लागेका पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पस रहेका छन् । यस क्षेत्रमै सबैभन्दा बढी विद्यार्थी संख्या रहेको महेन्द्र बहुमुखी क्याम्पसमा भने चैत्र ८ गते स्ववियु निर्वाचन हुनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्