बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरको स्ववियु निर्वाचनमा गरे पवन कार्कीले सुरुमा मतदान

भगवती पोख्रेल, कोहलपुर

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा आज सुरु भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मानविकी संकायका पवन कार्कीले सुरुमा मत हालेका छ्न । उनले ७ बजेर २५ मिनेमा मत खसालेका हुन । उनको मतदाता क्रमसंख्या ९६ रहेको छ ।


उनले बुथ नं २ बाट मत मतदान गरेको प्रवक्ता एकराज शर्माले जानकारी दिए । अहिले क्याम्पसमा ३ वटा बुथमा मतदान भइरहेको छ । मतदान सौहाद्र रूपमा भइरहेको निर्वाचन समिति संयोजक दान बहादुर हमालले जानकारी दिए । क्याम्पसमा बुथ नं १ मा व्यवस्थापन संकाय जसमा ३६७ मतदाता संख्या रहेको छ । बुथ नं २ मा मानविकी संकाय जसमा मतदाता संख्या २९५ र बुथ नं ३ मा शिक्षाशास्त्र संकाय जसमा मतदाता संख्या ५३१ रहेको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले जानकारी दिए ।

अहिले मतदान केन्द्रमा पर्यवेक्षण गर्न कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्य, पुर्व स्व वि यु सभापति प्रकाश सिग्देल, दिनेश के सि पुर्व क्याम्पस सन्चालक समिति अध्यक्ष नरेन्द्र न्यौपाने, नेपाली कांग्रेस नगर सभापति विरेन्द्र कुमार शाह, माओवाद केन्द्रका नगर अध्यक्ष अवराज खड्का  लगायतको उपस्थित रहेको प्रवक्ता शर्माले जानकारी दिए ।

मतदान सात बजेदेखि बेलुकी पांच बजे सम्म रहेने छ । निर्वाचन हुने स्थान बागेश्वरी बहुमुखी क्याम्पस वरिपरि विहान देखि मतगणना नसक्ने बेला सम्म कुनै पनि खालका अबान्छित गतिविधि नगर्न, मदिरा बिक्रि वितरण नगर्न, माईकिङ, सभा जुलुस गर्न निषेध गरिएको प्रवक्ता शर्माले जानकारी दिए ।