Kohalpur Today Header Ads

संस्थागत विद्यालय शिक्षक यूनियन बाँकेको अध्यक्षमा गम बहादुर डाँगर चयन




कोहलपुर ।

संस्थागत विद्यालय शिक्षक यूनियन बाँकेको पाँचौं जिल्ला अधिवेशनबाट गम बहादुर डाँगर अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भएको पाँचौं जिल्ला अधिवेशनमा केन्द्रिय अध्यक्ष होमकुमार थापाको प्रमुख अथित्यतामा संस्थागत विद्यालय शिक्षक यूनियन बाँकेको पाँचौं जिल्ला अधिवेशनबाट उपाध्यक्षमा ४ जना, सचिवमा १ जना र सहसचिव २ जना गरी २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

LIfe Ok

यस्तै उपाध्यक्षमा नारायणी चौधरी, रामदल प्रजापती र महेन्द्र शर्मा, सचिवमा दिवक शाही, सहसचिवमा मदन नाथ योगी र कोषाध्यक्षमा लक्ष्मी भण्डारी चयन भएका छन् ।

यस्तै श्रम कार्यालयका प्रमुख रुद्र नारायण शाह, इस्टुका केन्द्रिय उपाध्यक्ष उमेश सापकोटा, बाम देव ओली प्याब्सन बाँकेका उपाध्यक्ष सरद रावल, शिक्षक महासंघ बाँकेका सचिव महेश शर्मा लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम इस्टु बैजनाथका अध्यक्ष रामलल देवकोटाले सञ्चालन गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत ५ गते आइतबार