ज्ञानकुञ्जले मनायो ७औं अभिभावक दिवस

प्रदिप कुमाई, काेहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १२ मा रहेको ज्ञानकुञ्ज ई.मी. स्कुलले ७ औ अभिभावक दिवस मनाएको छ । कोहलपुर नगर युवा तथा खेलकुद शाखाका प्रमुख राम बहादुर हमालले ७ औ अभिभावक दिवसको उद्घाटन गरेका थिए । अभिभावक दिवसको अवसरमा अभिभावक, विद्यार्थी, शिक्षक, विव्यस अध्यक्ष लगायत अन्य पदाअधिकारीहरुलाई सम्मान सहित मायाको चिनो प्रदान गरेको थियो ।

उद्घाटनको क्रममा बोल्दै हमालले अभिभावक, विद्यार्थी र शिक्षकको त्रिकोणात्मक बलियो सम्बन्ध भयो भने गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गर्ने बताए । ‘एक पक्षले मात्र गुणस्तरीय शिक्षा प्रदान गर्दैमा गुणस्तरीय शिक्षा पाउने भन्ने होइन,’ उनले भने बालबालिकाले होमवर्क गर्‍र्यो की गरेन ? सामाजिक सञ्जाल हेरेको छ की ? मोवाइल चलाएको छ की ? अध्ययन नगरी खेलकुद मात्र खेलेको छ की ? बालबालिकाले कुनै सिर्जनात्मक कलामा चासो देखाएको छ की ? के विषयमा बालबालिकाले चासो देखाएको छ, त्यसमा नै अभिभावकले बढि भन्दा बढि फोकस गर्नुपर्ने हुन्छ ।’ विद्यालयमा ६ घण्टा बालबालिका अध्ययन गर्छन तर अभिभावकसंग १८ घण्टा हुने भएकोले यसमा शिक्षक, विद्यार्थी र अभिभावकको निकै महत्वपूर्ण भूमिका रहेको नगर शाखाका प्रमुख हमालले बताए ।

यस्तै विद्यालयका संस्थापक/प्रिन्सिपल महेन्द्र कार्कीले विद्यालयको प्रगति विवरण र आगामी योजनाको बारेमा कार्ययोजना प्रस्तुत गरेका थिए ।
यस्तै कार्यक्रममा क्रिसा बाँकेका अध्यक्ष तथा जनज्योति पब्लिक स्कुलका संस्थापक वेगम चन्द्र, कोहलपुर हेल्थ केयर अस्पताल संस्थापक तथा नेपाल नागरिक उद्यम सहकारी शाखाका अध्यक्ष ललित पहाडी, नेशनल प्याप्सन बाँकका वरिष्ठ उपाध्यक्ष किशोर मल्ल, सामाजिक अभिमान्ता मान बहादुर महतरा, प्रशिद्ध कन्सलटेन्सीका संस्थापक एसबी बुढा लगायत अभिभभावकहरु, शिक्षाप्रेमी तथा वुद्धिजिवि सहभागि भएका थिए । नर्सरी कक्षा देखि कक्षा ७ सम्ममा पहिलो, दोस्रो तथा तेस्रोे प्रथम, द्धितीय र तृतिय भएका सम्पूर्ण विद्यार्थीहरुलाई मेडल तथा पुरस्कार वितरण गरिएको थियो ।