कोहलपुरमा पनि १४ प्रकारका दुग्ध पदार्थको मूल्य बढ्यो

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले पनि दुग्ध पदार्थको मुल्य समायोजन गरेको छ । शनिबार कोहलपुर डेरी एशोसियसनले कोहलपुर क्षेत्रमा रहेको डेरी उद्योगका मालिक तथा किसानहरुको संयुक्त बैंठकले दुग्ध पदार्थको मुल्य समायोजन गरेको हो । नेपाल सरकारले २०७९ फागुन १९ गतेको निर्णय अनुसार भोलीदेखि लागूहुने गरी कोहलपुर डेरी एशोसियसनले दुग्ध पदार्थको मुल्य बृद्धि गरेको कोहलपुर डेरी एशोसियसनका नगर अध्यक्ष रमिला थापाले बताइन् ।

बाँके जिल्लाको डेरी एशोसियसनले चैत्र २ गते सूचना जारी गर्दै होल दुधको मूल्य एक सय प्रतिलिटर, स्टेण्डर दुधको मूल्य ८६ रुपैयाँ प्रतिलिटर, सादा दही प्रतिलिटर एक सय ४० रुपैयाँ, मिठा दही प्रतिलिटर एक सय ६० रुपैयाँ, पनीर प्रतिकेजी ८ सय ५० र घ्यू प्रतिकेजी एक हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै दहि प्रतिबट्टाको प्रतिलिटर एक सय ८० र दहि प्रति कप (२५० एमएल) ५० र मिल्क बदाम (२५० एमएल) को ८० रुपैयाँ कायम गरिएको छ । त्यसैगरी क्रिम प्रतिकेजी ८ सय रुपैयाँ, खुवा प्रतिकेजी ८ सय ५०, छुर्पी प्रतिकेजी १२ सय रुपैयाँ, मही प्रतिकेजी ७० रुपैयाँ र नौनी प्रतिकेजी एक हजार एक सय ५० रुपैयाँ कायम गरिएको छ ।

सरकारको सोही निर्णय अनुसार राष्ट्रिय दुग्ध विकास बोर्डले गत फागुन २५ गते कृषकहरुको दुग्ध उत्पादन सामाग्रीहरु, पशु आहारहरु, श्रमीक ज्याला, मुद्रास्फिर्ती तथा उद्योग व्यवसाय व्यवस्थापन लगायत उत्पादन लागतमा भएको मूल्य बृद्धिले गर्दा दुध र तथा दुग्धजन्य पदार्थको मूल्यमा पुनरावलोकन र समायोजन गर्ने जनाएको थियो ।

पुन ःकोहलपुर नगरपालिकामा रहेको कोहलपुर डेरी एशोसियसनले पनि भोलीदेखि लागू हुने गरी दुग्ध पदार्थको मुल्य समायोजन गरेको कोहलपुर डेरी एशोसियसनका नगर अध्यक्ष थापाले बताइन् ।

कोहलपुर डेरी एशोसियसनले चैत्र ४ गते सूचना जारी गर्दै होल दुधको मूल्य १ सय प्रतिलिटर, स्टेण्डर दुधको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, सादा दही प्रतिलिटर १ सय ४० रुपैयाँ, मिठा दही प्रतिलिटर १ सय ६० रुपैयाँ, पनीर प्रतिकेजी ८ सय ५० र घ्यू प्रतिकेजी १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै क्रिम प्रतिकेजी ८ सय र खुवा प्रतिकेजी ९ सय, छुर्पी प्रतिकेजी १ हजार २ सय, नौनी प्रतिकेजी १ हजार १ सय ५० रुपैया, बढाम मिल्क(२५० एम.एल) ८० र मोही प्रति लिटर ७० रुपैँया कायम गरिएको छ ।

यो सूचना हेर्नुहोस् ।