सुनिता सिंह, कोहलपुर ।
मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तयारी पुरा भएको समयमा स्थगित भएको निर्वाचन समिति संयोजक दान बहादुर हमालले जानकारी दिए । निर्वाचनको सम्पूर्ण काम पूरा भएको र भोलि समयमै मतहाल्न सुरु हुने समयमा निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत सुशील कुमार अधिकारीले वताए । निर्वाचनको अन्तिम तयारी भएको समयमा मध्यपश्चिम विश्वविद्यालय कार्यकारी परिषदको बैठकले तत्काल मध्यपश्चिम विश्वविद्यालयका क्याम्पसमा निर्वाचन स्थगित गर्ने जानकारी आएकोले हाल लाई सबै क्याम्पसहरुमा स्ववियु निर्वाचन स्थगन गरिएको हो ।
उक्त निर्वाचन तत्काल गर्नका लागि बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा सर्वदलीय र सर्वपक्षीय वैठ्कबसि तत्काल स्ववियु निर्वाचन गर्न लिखित प्रतिवद्दता पत्रमा हस्ताक्षर गरेका छ्न । सम्पूर्ण विद्यार्थी एवम् कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्य सहितको सर्वदलीय वैठकले निर्धारित समयमा निर्वाचन नभए यसबाट हुने क्षतिपुर्तीको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने कुरामा जोड दिए । यो निर्वाचन अर्को सूचना नभए सम्म स्थगन गरिएको मध्यपश्चिम विश्वविद्यालयका रजिस्ट्रार प्रा डा नारायण प्रसाद पौडेलले हस्ताक्षर गरेको पत्रमा उल्लेख गरिए छ । यस्तो छ स्थगित गर्ने दिएको पत्र

बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरमा स्ववियु निर्वाचनको तयारी यसरी अन्तिम चरणमा रहेको थियो । यसरी निर्वाचन एकाएक स्थगित भएकोमा अहिले निर्वाचन समिती र निर्वाचन अधिकृतको सचिवालय विद्यार्थी एवम् राजनीतिक दलका नेताकार्यकर्ताको दबाब परेका छ्न ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्