मोटरसाईकल दुर्घटनामा कोहलपुरका धितालको मृत्यु

काेहलपुर ।

बर्दियाको बाँसगढी-१ केदारेश्वेर धाम नजिकै भएको दुर्घटनामा कोहलपुर–१ कौशिलानगरका २९ वर्षीय केशव धिताल गम्भीर घाइते भएका थिए ।

आइतबार राति ११ः५५ बजेको समयमा भे६प ९०१५ मोटरसाईकल दुर्घटना भएको थियाे । घाइते भएका धिताललाई तत्कालै उद्दार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पु¥याइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।

उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको र यसबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।