काठमाण्डाैं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शनिवार उम्मेदवारी दर्ता भइरहेको छ ।
निर्वाचनका मिति नजिकिँदै जाँदा विभिन्न घटनापनि बाहिरिन थालेका छन् । शनिवार उम्मेदवारी दर्ताको समयमा रत्न राज्य क्याम्पसमा उम्मेदवारी दर्ताको समयमा नेकपा एसका एक कार्यकर्ताले खुकुरी आतङ्क मच्चाएका छन् ।
क्याम्पस हाताभित्र नेकपा एसका एक कार्यकर्ता नाङ्गो खुकुरी देखाएर एमाले निकट अनेरास्ववियुका कार्यकर्ताहरूलाई धम्की दिँदै गरेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा उनी खुकुरी लिएर केही विद्यार्थीहरूलाई लखेट्न खाेजिरहेका छन् । प्रहरी स्रोतका अनुसार उनी नेकपा एसका एक नेतासँग त्यहाँ पुगेका थिए । उनी विद्यार्थी होइनन् ।
उनलाई विद्यार्थीहरूको सहयोगमा नियन्त्रणमा लिइएको छ । उनी अहिले प्रहरी हिरासतमा छन् । के विषयमा विवाद भएको हो भन्ने खुलेको छैन ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्