कोहलपुर २ मा ४ हजार बढि राष्ट्रिय परिचय पत्रको फारम भरियो




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका २ मा ४ हजार भन्दा बढिलाई राष्ट्रिय परिचय पत्र फारम भरिएको छ । माघ २२ गतेदेखि फागुन २६ गतेसम्म ४ हजार २ सय ५० जनाको राष्ट्रिय परिचय पत्रको फारम भरिएको हो ।

कोहलपुर नगरपालिका २ का वडा अध्यक्ष हरि कठायतका अनुसार वडामा ४ हजार २ सय ५० जनाको फारम भरिएको बताए । वडाबाट फारम भरिएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र वडाबाट नै वितरण हुने वडा अध्यक्ष कठायतले बताए । वडा नं. २ माराम बहादुर वली र सन्जित वलीलाई आज सम्मान सहित विधाई गरिएको छ ।

कोहलपुर नगरपालिकामा माघ २२ गतेबाट नै राष्ट्रिय परिचय पत्र फारम भर्ने अभियान सुरु भएको थियो । कोहलपुर वडा नं. ९ मा १६ सय ८२ जनाको फारम भरिएको वडा अध्यक्ष ओपेन्द्रनाथ योगीले कोहलपुर टुडेलाई जानकारी दिएका थिए । तर अन्य वडामा अझै कति फारम भरिएको भन्ने बारे जानकारी आएको छैन ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २६ गते शुक्रबार