कृषकहरुलाई दलहन बाली सम्बन्धी प्रबर्द्धन तथा आधुनिकीकरण तालिम




कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिकाले कृषकहरुलाई दलहन बाली सम्बन्धी प्रबर्द्धन तथा आधुनिकीकरण तालिम दिएकाे छ ।

बैजनाथ गाउँपालिकाले  “किसानसँग पालिका अध्यक्ष” कार्यक्रम अन्तर्गत कृषकहरुलाई दलहन बाली सम्बन्धी प्रबर्द्धन तथा आधुनिकीकरण तालिम हाे ।

कृषकहरुले लगाएकाे दलहन बाली नालीहरूकाे प्रभावकारी र उपलब्धिमुलक बनाउन स्थानीय सरकारले कृषितर्फको बजेट वृद्धि गरी उत्पादनमुलक क्षेत्रमा  लगानी लगाउने तर्फ ध्यान केन्द्रित भएर काम सुरू गरेकाे बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाश शाहीले बताए ।

तालिममा सिकेकाे विषयबस्तुहरूलाई  व्यवहारीक रूपमा  लाग्नुहुन विशेष अनुराेध गरेका थिए ।

यस्तै कृषि बिकास शाखाको आयोजनामा बैजनाथ गाउँपालिकाका वडा नं. १ देखि ८ सम्मका  स्थानीय कृषकहरुलाई तीन दिने दलहनबाली प्रबर्द्धन तथा आधुनिकीकरण सम्बन्ध तालिम दिइएकाे बैजनाथ गाउँपालिकाका सूचना अधिकारी तप्त पाैडेलले जानकारी दिए ।

तालिममा सहभागिहरूले कृषि काम गर्दा बिधि र पद्दतिकाे प्रयोग गरी किसानसँग पालिका अध्यक्ष कार्यक्रम सफल बनाउन सहयाेग गर्ने सहभागि किसानहरूले बताएका थिए ।

साे तालिम ३ दिनसम्म चल्ने छ । तालिममा बैजनाथ गाउँपालिका वडा नम्बर १ देखि वडा नम्बर ८ सम्मका दलहन बाली उत्पादन गरेर स्थानीय सरकारलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ दलहनबाली प्रबर्द्धन कार्यशाला गोष्ठी एवं तालिम संचालन गरीएको बैजनाथ गाउँपालिका कृषि शाखा प्रमुख प्रमोद कुमार विश्वकर्माले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २४ गते बुधबार