प्रधानमन्त्री प्रचण्डविरुद्धकाे रिट सर्वोच्चमा दर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

मंगलबार सर्वोच्च प्रशासनले प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गरेको हो। प्रचण्डविरुद्धको मुद्दाकाे पेसी बिहीबारलाई तोकिएकाे छ।

प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको जिम्मा आफूले लिने बताएका थिए।