छड्के–२ : कमजोर ओपनिङका पाँच कारण

काठमाडौं ।

व्यावसायिक आशा राखिएको अनमोल केसी स्टारर फिल्म ‘२.० छड्के’ले निराशाजनक ओपनिङ गरेपछि नेपाली फिल्म क्षेत्र स्तब्ध बनेको छ । पहिलो सप्ताहन्तको ओपनिङ यति कमजोर छ कि प्रमुख मल्टिप्लेक्सले आइतबारदेखि शोमा कटौती गरेका छन् ।

स्वयं निर्माताले यो तहमा फिल्मले ओपनिङ गर्ला भन्ने सोचेका थिएनन् । अहिलेका महंगा अभिनेता अनमोलको पहिलो ग्याङस्टर फिल्म बताइएको छड्के २ को असफलताले अलग जनरामा आफूलाई स्थापित गर्ने अनमोलको प्रयासमा धक्का लागेको छ ।

निर्देशक निगम श्रेष्ठका लागि यो लगातार तेस्रो असफलता हो । उनी निर्देशित छड्के र लालपूर्जा समेत बक्सअफिसमा पूर्णतः असफल रहे । समीक्षकहरु यी तीनै फिल्मको व्याकरणमा एउटै खाले समस्या रहेको बताउँछन् ।