निःशुल्क स्वास्थ्य शिविरबाट २ हजार बढि लाभान्वित

कोहलपुर ।

दैलेख जिल्लाको भगवतीमाई गाउँपालिकाद्वारा आयोजना गरिएको दुई दिने निःशुल्क स्वास्थ शिविरबाट २ हजार बढि लाभान्वित भएका छन् ।

शुक्रबार र शनिबार गरी दुई दिनमा निःशुल्क स्वास्थ्य शिविरबाट भगवतीमाई गाउँपालिका २ हजार १ सय ४२ जना लाभान्वित भएका हुन् ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा संचालन गरिएको थियो ।

शिविरमा नेपालगन्ज मेडिकल कलेजका नाक, कान घाँटी रोग तर्फ प्रा. डा. ढुण्डीराज पौडेल, डा. कविर बास्तोला र अडियोमेट्री पुरनदेव पुरी रहेका थिए भने मेडिसिन विभागका प्रा. डा. रेवती रमन मल्ल र डा. देवेन्द्र आचार्य रहेका थिए ।

यस्तै स्त्रीरोग विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. होमनाथ अधिकारी र डा.कृति बेल्बासे रहेका थिए भने रेडियोलोजिका डा. हरि सापकोटा, डा. प्रीति यादव र डा. आभा भट्ट रहेका थिए ।

यस्तै स्टाफनर्सदोयका कल्पना श्रेष्ठ, रचना गिरि, सिर्जना बगाले, सीता मल्ल र ल्याब टेक्निसियन जयवन्तलाल सिङ, अर्जुन अधिकारी र छाला तथा याैन राेगबाट डा. कमल  जंङ शाही समेत रहेका थिए ।

निःशुल्क शिविरको संयोजन शिविरको संयोजन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका सामाजिक सुरक्षा सेवा प्रमुख राम बहादुर मल्लले गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै भगवतीमाई गाउँपालिका अध्यक्ष गणेश बहादुर थापाले गाउँपालिका र आफू जनताको स्वास्थप्रति अति नै सवेदनशिल रहेको र आगामी दिनमा समेत मेडिकल कलेजसंग सहकार्य गर्दै अझ बृहत् शिविरको आयोजना गरिने बताए । स्थानीय समाजसेवी मेनुका शाहीले विशेष सहयोग गरि शिविर सञ्चालन गरिएको थियो ।

कार्यक्रमले विशेष गरि विशेषज्ञ डाक्टरहरुको सेवाबाट जिन्दगीभर बन्चित भएका गरिब, असाहय तथा लामो समयसम्म विभिन्न रोगबाट पीडित जनताहरुमा धेरै ठूलो राहत पुर्‍याएको प्रा. डा. ढुण्डीराज पौडेलले बताए ।

यस स्वास्थ शिविरबाट नेपालगन्ज मेडिकल शिक्षण अस्पतालमा रिफर भएर आउने बिरामीहरुलाई अस्पतालले बेड चार्जमा ५० प्रतिशत र अन्य चेकजाँचमा २५ प्रतिशत छुट दिईने अस्पतालका सामाजिक सेवा इकाई प्रमुख राम ब. मल्लले बताए ।

यस्तै स्वास्थ शिविरबाट महिलाहरुको पाठेघर सम्बन्धि समस्या, नाककान घाँटी सम्बन्धि समस्या, पेट टाउको तथा छाती सम्बन्धि समस्या त्यसैगरी निशुल्क औषधि समेत वितरण गरिएको थियो भने स्वास्थ शिविर बारेमा डा. देवेन्द्र आचार्यले जानकारी दिए ।