Kohalpur Today Header Ads

डाइनामिक माविको १८औं वार्षिकोत्सव मनायो (फोटो फिचर)




प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको डाइनामिक माविले १८ औं बार्षिकोत्सव मनाएको छ । शुक्रबार बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य सुर्य प्रसाद ढकालले उद्घाटन गरी १८ औ बार्षिकोत्सव मनाइएको हो ।

LIfe Ok

उद्घाटन कार्यक्रममा बोल्दै ढकालले केन्द्रिय राजनितिमा स्थायित्व नभएपछि सबै क्षेत्रमा प्रभावकारी रुपमा परिवर्तन आउन नसकेको बताएका थिए । ढकालका अनुसार शिक्षा क्षेत्रमा विकास संगसंगै सबै क्षेत्रमा परिवर्तन प्रभावकारी र निति, विधि र कानून कार्यान्वयनमा समस्या आइरहेको छ । त्यसको लागि स्थानीय सरकार जस्तै ५ वर्ष स्थायीत्व सरकार भयो भने मात्र आमजनताका समस्याहरुको समाधान हुने विश्वास व्यक्त गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुरलाई शैक्षिक हव बनाउन बृहत योजना बनाएको बताएका थिए । आचार्यका अनुसार गुरुयोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरुमा निर्भर रहन्छ । ‘हामीले योजना बनाउने मात्र हो तर कार्यान्वयन गर्ने पूर्ण जिम्मेवारी प्रशासन हो,’ उनले भने, संस्थागत र सामुदायिक विद्यालयहरुमा निति, विधि र कार्यविधिका कारणले गर्दा रोकिएको हो भने पनि त्यसलाई परिमार्जन गरी अगाडि बढ्न सकिन्छ ।’ तर कोहलपुर नगरपालिकालाई शैक्षिक हव बनाउन पालिकाले पनि अन्य क्षेत्रको ११ प्रतिशतले बढि बजेटको व्यवस्थापन गरेको नगर प्रमुख आचार्यले बताए ।

यस्तै डाइनामिक माविका सञ्चालक समिति सदस्य तथा कार्यक्रममा सभापति इश्वर प्रसाद पोख्रेलले आगामी वर्षदेखि फ्यूर साइन्स अध्यापन गराउने योजना रहेको बताएका थिए । ‘हालसम्म कक्षा ११ र १२ मा कम्प्यूटर साइन्स, होटल म्यानेजम्यान्ट, विजनेश म्यानेजम्यान्ट, हेल्थ, नेपाली, अंग्रेजी, र कानून समेत अध्यापन गराउँदै आइरहेका छाैं,’ उनले भने, ‘नयाँ शैक्षिक सत्रबाट फ्यूर साइन्सको अध्यापन गराउने योजना छ ।’ अहिले कोहलपुर क्षेत्रमा उत्कृष्ट नतिजा ल्याइरहेको पोख्रेलले बताए ।

यस्तै कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड कोहलपुर कार्यालयका प्रमुख रामसुरेश यादव, डाइनामिक क्याम्पसका सञ्चालक समिति नरेन्द्र प्रसाद शर्मा, डाइनामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष होम प्रकाश सुवेदी, क्याम्पस प्रमुख अमरराज खत्री, कार्यक्रम संयोजक तेज प्रसाद अधिकारी, प्याब्सन बाँकेका अध्यक्ष यम रावत, क्रिसा अध्यक्ष वेग प्रकाश चन्द र प्रिन्सिपल रविन्द्र रेग्मी लगायत पत्रकार, अभिभावक, विद्यार्थी लगायतको उपस्थित रहेको थियो । साथै साँस्कृतिक भेषभेषामा नृत्य प्रस्तुत गरेका थिए भने नसर्रीदेखि १२ कक्षासम्मका उत्कृष्ट विद्यार्थीलाई सम्मान समेत गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन २० गते शनिबार