कोहलपुरमा प्राज्ञलाई स्वागत सहित बधाई

शिवध्वज शाही कोहलपुर ।

कोहलपुरको हाम्रो पुर्णिामा साहित्य प्रतिस्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभा, प्राज्ञ त्रैलोक्यमान बनेपाली, प्राज्ञ महानन्द ढकाल, प्राज्ञ शशीराम कार्कीलाई कोहलपुरमा एक कार्यक्रम बिच स्वागत गरेको छ । बर्दिया बांसगढिमा भएको साहित्य कार्यक्रमबाट फर्किने क्रममा कोहलपुरमा बधाई सहित स्वागत गरेको हो ।

कार्यक्रममा कोहलपुरका मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उप प्राध्यापक एकराज शर्मा, मायाराम काफ्ले, साहित्यकार सागर गैरे, सुमित्रा न्यौपाने, बद्री ढकाल हिरामणी, विक्रम शिशिर,नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश सदस्य सरला सुवेदी, नेपाल पत्रकार महासंघ बांकेका उपाध्यक्ष संगिन शर्मा लगायतको उपस्थित रहेको थियो । कार्यक्रममा हाम्रो पुर्णिमा साहित्य प्रतिस्ठानका अध्यक्ष कपिल अन्जानको अध्यक्षतामा अनौपचारिक कार्यक्रम गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैले आ-आफ्नो परिचय सहित बधाई दिएका थिए । कार्यक्रममा ज्ञानोदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्माले नेपाल प्रज्ञा प्रतिस्ठानबाट प्रकाशित हुने सबै पुस्तकहरु पुस्तकालयमा प्रदान गर्न अनुरोध समेत गरेका थिए । कार्यक्रमको सन्चालन बद्री ढकाल हिरामणिले गरेका थिए । सहभागी साहित्यक मनहरुले आफुमा लागेको जिज्ञासा समेत राखेका थिए ।