मनायो दिव्यविद्या सदन माध्यमिक विद्यालय कोहलपुरले १७ औं वार्षिकोत्सव

भगवती पोख्रेल, कोहलपुर

कोहलपुर वडा नं १० मा रहेको दिव्यविद्या सदन माध्यमिक विद्यालयले १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस  मनाएको छ । शुक्रबार एक भव्य समारोहका विच वार्षिकोत्सव मनाएको हो । कोरोना महामारी पछि उक्त विद्यालयले वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको हो । उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले विद्यालयको कार्यक्रमलाई शुभकामना व्यक्त गरे ।


उनले कोहलपुर लाई शैक्षिक हव बनाउने सवालमा नगर सरकारले वृहद योजना अघि सारेको वताए । उनले कोहलपुरमा रहेका संस्थागत विद्यालय मध्ये दिव्यविद्या सदन माध्यमिक विद्यालयले  शैक्षिक, भौतिक एवम् र अतिरिक्त क्रियाकलापमा निकै फड्को मारेको वताए । उनले कोहलपुरमा शैक्षिक हव निर्माण गर्नका लागि आम सरोकारवाला निकायको ध्यान जानू आवश्यक रहेको जानकारी दिए । नगर सरकार संस्थागत विद्यालय र सामुदायिक विद्यालय विच समानताको बाटो तय गरेको वताए ।

विद्यालयले देखापरेका हरेक समस्याको समाधान गर्न तयार रहेको वताए । हरेक विद्यालयलाई फरक फरक रूपमा फरक फरक धारको शिक्षा दिनुपर्ने कुरामा जोड दिए । उनले स्थानीय सरकार शैक्षिक गतिविधिमा व्यापक लागेको, शुल्क निर्धारण पनि वैज्ञानिक रूपमा गराउन पहल गर्ने कुरा वताए । उनले भने आफुनो नीति नै शिक्षामा लगानी गर्ने, कोहलपुरमा अध्ययन गर्ने वातावरण तयार गर्ने, छिमेकी पालिका मात्र होइन छिमेकी प्रदेश र जिल्लाबाट अध्ययन गर्न आउने बनाउनु पर्ने कुरामा जोड दिए । देश बाहिरबाट पनि पढ्न आउने वातावरण तयार गर्न कोहलपुर स्थानीय सरकारको प्राथमिक रहेको वताए ।


कार्यक्रममा बोल्दै कार्यक्रमका विशिस्ट अतिथि एवम् कोहलपुर नगरपालिकाकि उप प्रमुख संगिता सुवेदीले कोहलपुर शैक्षिक हव बनाउन सवालमा जोड दिईन । उनले भनिन आम अभिभावकहरु आफ्नो छोराछोरीको भविस्य निर्माण गर्ने कुरामा जोड दिईन । उनले कोहलपुरमा निर्माण गरिए स्थानीय पाठ्यक्रम लाई पाठ्यपुस्तक लेखन पछि यो शैक्षिक सत्रमा लागू गर्न संस्थागत विद्यालयको जिम्मेवारी रहेको वताईन । कोहलपुर स्थानीय सरकारले संस्थागत र सामुदायिक विद्यालय विचको खाडल नभई सहयोग हुनुपर्ने कुरा वताईन ।


कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर पाठ्यक्रम तथा मूल्याङकन विषयका उप प्राध्यापक एकराज शर्माले आजका विद्यार्थीहरुमा नैतिक र संस्कृत शिक्षाको अभावमा नैतिकता हराएको वताए । उनले  स्थानीय सरकारको ध्यान  नैतिक शिक्षा र संस्कृत शिक्षामा जानुपर्ने वताए । आजका बालबालिकामा अध्ययन गर्ने भन्दापनी फेसबुक, टिकटक, फ्रीफाएर, पब्जिको कुलतमा लागेकोले आम अभिभावकको ध्यान जानू जरुरी रहेको वताए ।

उनले आफ्न छोराछोरीको भविस्य निर्माणमा आम अभिभावकको जिम्मेवार १८ घन्टा भएको, बाल मनोविज्ञानमा जोड दिनुपर्ने, उनीहरुको प्रगतिकोको लेखाजोखा गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्ने कुरामा जोड दिए । बालबालिका लाई आजको समयमा व्यावहारिक शिक्षाको आवश्यकता रहेको वताए । कार्यक्रम बोल्दै शिवशक्ति आधारभूत विद्यालयका प्रधानाध्यापक बद्रीनाथ सापकोटाले विद्यालयमा विद्यार्थीको पुर्ण जिम्मेवारी आम अभिभावकको रहेको वताए । उनले जिवनोपयोगी शिक्षा दिनुपर्नेमा जोड दिए ।कार्यक्रममा बोक्दै विद्यालयका प्रबन्ध निर्देशक अनुप शाहीले विद्याको प्रगति हुँदै गएको वताए । उनले आम अभिभावकको चाह्न अनुरुप विद्यालयमा कार्यरत शिक्षकहरुको ज्ञान, सीप र क्षमताको प्रयोगबाट विद्यालयमा अध्ययनरत जनशक्ति देशका विभिन्न निकायम सहभागी भएको वताए ।


कार्यक्रममा आएका विभिन्न अतिथि लाई आफ्न विद्यार्थीले तयार गरेको विभिन्न विज्ञान प्रदर्शनि देखाउंदै विद्यालयका शैक्षिक परामर्शदाता धर्मराज आचार्यले देखाएका थिए । उनले आफ्नो विद्यालयमा अध्ययनरत स साना विद्यार्थीको सीप एवम् क्षमताप्रती आफुहरु खुसी भएको वताए । कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका सभापति एवम् राम जानकि विद्यालयका प्रबन्ध निर्देशक दिनेश सिग्देलले दिव्यविद्या सदन मा वि ले हालै सम्पन्न कोहलपुर मेयरकपमा मार्चपासमा प्रथम र कोहलपुर जुनियर रेडक्रसमा प्रथम भएको वताए । कार्यक्रम बोल्दै विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद पंगेनिले विद्यालयको हालसम्मको प्रगति विवरण पेश गरे । उनले आगामी दिनमा विद्यालयले नयाँ योजनाका अगाडी बढ्ने कुरामा जोड दिए । विद्यालयले आगामी दिनमा परिक्षाको नतिजा लाई मात्र नहेरी अतिरिक्त क्रियाकलाप लाई हेरेर भविस्य निर्माण गर्ने गरि पठनपाठन गर्ने वताए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद गौडेलले सम्पूर्ण आगन्तुक लाई स्वागत गर्दै धन्यवाद दिएका थिए । उनले आफनो विद्यालय  सदाबहार एकनासले अगाडी बढेको वताए । आज कोहलपुरमा दिव्यविद्या सदन माध्यमिक विद्यालयले शिक्षाको क्षेत्रमा निकै अब्बल सावित भएको वताए । उनले प्राविधिक धार सन्चालन गर्न आफू लागि पर्ने वताए ।
कार्यक्रममा प्याव्सन बांकेका अध्यक्ष यम रावत, कृसा बांकेका अध्यक्ष वेग प्रसाद चन्द, विद्यालयका  संचालक, अभिभावक विद्यार्थी एवम् पत्रकार, समाजसेवि र बुद्धिजीवीको उपस्थित रहेको थियो । कार्यक्रममा कक्षा नर्सरी देखि १० सम्म अध्ययनरत उत्कृष्ट प्रथम दोस्रो तेस्रो आउने विद्यार्थी लाई ट्रफि एवम् प्रमाणपत्र प्रदान गरिए थियो ।

नर्सरी देखि १० कक्षा सम्मका विद्यार्थीहरुले विभिन्न प्रतिभा देखाएका थिए भने प्रमुख अतिथि लाई मार्चपास द्वारा सलामी दिईएको थियो । कार्यक्रममा वेस्ट शिक्षक अवार्ड २०७८ बाट सावित्री ढकाल र चन्दा के सि, २०७५ बाट गणेश शर्मा र सेवन्ता शर्मा लाई सम्मान गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नारायण प्रसाद गौडेलको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन शिक्षक गणेश शर्माले गरेका थिए ।