कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ९ मा १६ सय भन्दा बढिलाई राष्ट्रिय परिचय पत्र फारम भरिएको छ । माघ २२ गतेदेखि फागुन १९ गतेसम्म १६ सय ८२ जनाको राष्ट्रिय परिचय पत्रको फारम भरिएको हो ।

कोहलपुर नगरपालिका ९ का वडा अध्यक्ष ओपेन्द्रनाथ योगीका अनुसार वडामा १६ सय ८२ जनाको फारम भरिएको बताए । वडाबाट फारम भरिएका व्यक्तिहरुको राष्ट्रिय परिचय पत्र वडाबाट नै वितरण हुने वडा अध्यक्ष योगीले बताए ।
कोहलपुर नगरपालिकामा माघ २२ गतेबाट नै राष्ट्रिय परिचय पत्र फारम भर्ने अभियान सुरु गरेका हुन तर अन्य वडामा अझै कति फारम भरिएको भन्ने बारे जानकारी आएको छैन ।
आज फारम भर्ने कर्मचारीहरूलाइ बिधाई समेत गरिएकाे छ ।


कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्