सशस्त्र प्रहरीद्वारा नक्कली सुनका गहना बरामद

काठमाडौँ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका ७ स्थित मर्यादपुरबाट नक्कली सुनका गहना बरामद भएको छ । मंगलबार सशस्त्र प्रहरीले करीब ३ लाख रुपैयाँ बराबरको विभिन्न किसिमका नक्कली सुनका गहना बरामद गरेको हो ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल नेपाल बिओपी मर्यादपुरले बरामद गरेको हो । बरामद गहना सुठौली भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले जनकारी दिए ।