रामजानकी माविको ३८औं वार्षिकोत्सव (फोटो फिचर)




प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको रामजानकी माविले ३८ औं बार्षिकोत्सव मनाएको छ । सोमबार कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथि र रामजानकी माविका संस्थापक दिनेश सिग्देलको सभापतित्वमा ३८ औं बार्षिकोत्सव भव्य रुपमा मनाइएको हो । कोहलपुर नगरपालिकाले मेयर आचार्यले बार्षिकोत्सवको उद्घाटन गरेका थिए ।

उद्घाटन गर्दै मेयर आचार्यले कोहलपुरमा पुरानो र उत्कृष्ट शिक्षा प्रदान गर्दै आइरहेको भन्द्र प्रसंसा गरेका थिए । ‘कोहलपुरमा शैक्षिक क्षेत्रमा ठुलो भूमिका रामजानकी विद्यालयका संस्थापक नारायण प्रसाद सिग्देल र रुकमणि सिग्देल ज्यूलाई जान्छ,’ उनले भने, मैले पनि कोहलपुरलाई शैक्षिक हव बनाउने संकल्प लिएर हिडेको छु ।’ त्यसकारणले संकल्पलाई पुरा गर्न सामुदायिक र संस्थागत विद्यालयहरुमा प्रअ, विव्यस अध्यक्ष, संस्थापक र शिक्षकहरुलाई हार्दिकतापूर्वक अनुरोध समेत गरेको मेयर आचार्यले बताए ।

यस्तै राम जानकी माविका संस्थापक दिनेश सिग्दलले गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरेको बताएका थिए ।  यो कोहलपुर कै पुरानो र राम्रो विद्यालय हो उनले भने, त्यसैले अहिलेसम्म अभिभावकहरुको विश्वास छ । यो विश्वास र सम्मानलाई जिवन्त राख्ने र कोहलपुरमा शैक्षिक हव बनाउने विश्वास संस्थापक सिग्देलले व्यक्त गरे ।

यस्तै राम जानकी माविका प्रिन्सिपल कालुराम चौधरीले विद्यालयको भावि योजनाहरु प्रस्तुत गरेका थिए ।

यस्तै विद्यालयका कक्षा नसर्रीदेखि १२ कक्षाका बालबालिकाले साँस्कृति कार्यक्रम, नृत्य र नाटक जस्ता कार्यक्रमहरु गरेका थिए । विभिन्न विद्यामा प्रथम, द्धितीय, तृतीय हुने बालबालिकालाई सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास शाखा प्रमुख ईश्वरी विश्वकर्मा, प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका १० का वडा अध्यक्ष गौरा भट्टराई, शिक्षा शाखा प्रमुख राम बहादुर हमाल, राखेपका केन्द्रिय सदस्य एलवी क्षेत्री लगायत अन्य बुद्धिजीवी, समाजसेवी, पत्रकार, अभिभावक र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १६ गते मंगलबार