छुटे आज पल शाह

काठमाडौं ।

बलात्कार मुद्दामा सफाइ पाएपछि अभिनेता पूर्णविक्रम शाह (पल शाह) थुनामुक्त भएका छन् ।

उनलाई उच्च अदालत पोखराले सफाइ दिएको थियो ।

शाह आज जिल्ला कारागार तनहुँबाट रिहा भएका हुन् ।

नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेशविरूद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको थियो ।