मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ताकाे अध्यक्षमा टोपाराम नेपाली चयन

सुदाम शर्मा, रूकुम ।

मुसिकोट खलंगा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रथम साधारण सभा तथा अधिबेशन सम्पन्न भएको छ ।

आईतबार सम्पन्न साधारण तथा अधिबेशनबाट सर्वसम्मत टोपाराम नेपालीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

जसको उपाध्यक्षमा निर्मल केसी, सचिवमा महेन्द्र राज गौतम, कोषाध्यक्षमा कर्णबहादुर ओली सर्वसम्मत चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा सुरसा गौतम, लक्ष्मी केसी, भारसी बुढा, दुर्गे खड्का र दिपेन्द्र पुन सर्वसम्मत चयन हुनुभएको छ ।