उवासंघ कोहलपुरको विरोधाभास विज्ञप्ती सार्वजनिक




कोहलपुर ।

उद्योग वाणिज्य संघ कोहलपुरको आयोजनामा भएको ‘लुम्बिनी प्रादेशिक महोत्सव कोहलपुर-२०७९’ कै विषयलाई लिएर विरोधाभास विज्ञप्ती सार्वजनिक गरेको छ । आफुलाई महोत्सवको समय थप नभएपछि यस्तो विज्ञप्ती सार्वजनिक गरेको हो ।

विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय सरकारले त्रुटीगत निर्णयले महोत्सवबाट संकलित आम्दानीबाट बहुआयामिक भवन निर्माणलाई पूर्णता दिने उद्देश्य प्राप्ती हुन नसक्ने’ उवासंघ कोहलपुर अध्यक्ष लक्ष्मणराज पाैडेलकाे हस्ताक्षर गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

उवासंघ कोहलपुरले बहुआयामिक भवन निर्माणका लागि भनेर करिब पाँच पटक सम्म महोत्सव सञ्चालन गरिसकेको छ तर अहिलेसम्म पनि भवनको पिल्लर मात्र निर्माण गरेको छ ।

तर नेपाल घरेलु महासंघ कोहलपुरले महोत्सव सञ्चालन गरेकै १ पटकमा भवन निर्माण गरेको थियो तर उवासंघ काेहलपुरले भने करिब ५ पटक महोत्सव सञ्चालन गरेको भएपनि उवासंघले अझै भवन नबनाउनु र सोही भवनका लागि पटक पटक महोत्सव सञ्चालन गर्नुले काँही कतै महोत्सवको नाममा रकम हिनामिना गरेको संकेत समेत गरेको देखिन्छ ।

अहिले कोहलपुर नगरपालिकाले मेला महोत्सव सञ्चालनका लागि २०७९/९/११ गते सूचना समेत प्रकाशित गरेको थियो । सोही अनुसार ५ वटा संघ/संस्थाहरुले प्रस्तावना पेश गरेका थिए ।

सो प्रस्तावमा उवासंघ कोहलपुरको प्र्रस्ताव स्वीकृत भई महोसत्व सञ्चालन गरेको थियो । महोत्सव आज समापन गर्दै उवासंघ कोहलपुरले विरोधाभास विज्ञप्ती सार्वजनिक गरेको हाे ।

प्रकाशित मिति : २०७९ फागुन १४ गते आइतबार