कोहलपुर ।
नेपाली काँग्रेस कोहलपुर नगर समितिको प्रथम नगर सम्मेलनबाट नेकपा एमालेको तर्फबाट उपमेयरको उम्मेदवार भएकी अस्मिता थारु सहित १ सय ३८ जना नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन् ।
गत स्थानीय निर्वाचनमा नेकपा एमालेबाट कोहलपुर नगरपालिकाको उपमेयरमा चुनाव लडेकी थिइन् ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, जिल्ला सभापति नारायण प्रसाद गौडेल र नगर सभापति विरेन्द्र कुमार शाहले उनलाई काँग्रेसमा प्रवेश गराएका हुन् ।
उनी सहित अन्य विभिन्न पार्टीबाट परित्याग गरी १ सय ३८ जनाले नेपाली काँग्रेसमा प्र्रवेश गरेको कोहलपुर नगर समितिका सचिव बालकुमार शर्माले जानकारी दिएका छन् । नगर सम्मेलनमा नगर सचिव बाल कुमार शर्माले संगठनको बार्षिक प्रतिवेदन प्रस्तुत समेत गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका बाँकेका उपसभापति कृष्ण कार्की, क्षेत्रीय सभापति पोषण केसी, लुम्बिनी प्रदेश सदस्यद्धय अञ्जना पाण्डे, नारायण प्रसाद भुषाल, जिल्ला सचिव सञ्जु कुमारी चौधरी लगायतले आफ्नो मन्तव्य राखेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्