कर्णाली बाँके सरोकार मञ्चको तदर्थ समिति गठन

कोहलपुर ।

बाँकेमा कर्णाली बाँके सरोकार मञ्चको तदर्थ समिति गठन भएको छ । शनिबार भएको भेलाबाट कर्णाली बाँके सरोकार मञ्चको तदर्थ समितिको अध्यक्षमा दिपक शाही चयन भएका छन् ।

जसको उपाध्यक्ष निराजन आचार्य, देवराज केसी र रमेश शाही, सचिवमा कमल शाही र सह सचिवमा प्रसान्त शर्मा, कोषाध्यक्षमा तपिला चन्द चयन भएका छन् ।

यस्तै सदस्ूयहरुमा हरि काफ्ले, विशाल परियार, कमल जग शाही, सुजता चन्द, राजन न्यौपाने, रमिता तिरुवा चयन भएका हुन् । तदर्थ समितिका अध्यक्ष शाहीले कर्णालीबाट बाँकेमा बसाईसरी आएका व्यक्तिहरुको सहजता दिलाउने उदेश्यका साथ समिति गठन गरिएको बताए ।