Kohalpur Today Header Ads

गोर्खा यूनाईटेडका बालबालिकाहरुद्वारा रचनात्मक र सिर्जनात्मक कला प्रदर्शनी (फोटो फिचर)




कोहलपुर ।

बाँकेको कोहलपुर २ मा रहेको गोर्खा यूनाईटेड पब्लिक स्कुलका बालबालिकाहरुले आफूले रचनात्मक र सिर्जनात्मक कला प्रदर्शनी गरेका छन् ।

शनिबार नेपालगञ्ज मेडिकल कलेजका डा. प्रज्ञा गौतम घिमिरेले रचनात्मक र सिर्जनात्मक कला प्रदर्शनीको उद्घाटन गरेको थिइन् ।

LIfe Ok

बालबालिकामा कक्षा नर्सरीदेखि यूकेजी सम्मका बालबालिकाहरुले आफुले रचना र सिर्जना गरेका चित्र, कक्षा कोठामा अध्ययन र अध्यापन गरेका विषयवस्तुलाई चित्रको माध्यमबाट आफ्नो कला प्रदर्शनी गरेका हुन् ।

नसरीका बालबालिकाहरुले ‘ए’ देखि ‘जेठ’ र ‘क’ देखि ‘ज्ञ’ सम्मको चित्र निर्माण गरी फरक फरक तरिकाबाट प्रदर्शनी गरेका थिए । एलकेजी र यूकेजीका बालबालिकाहरुले जनवार, वर्णमाला, शब्द मिलाउने जस्ता अन्य विभिन्न क्रियाकलापहरु गरेका थिए ।

‘यो बालबालिकाहरुलाई सिक्ने र सिकाउने महत्वपूर्ण माध्यम हो’ अभिभावक कोकिला शाहले भनिन्, यो गोर्खा स्कुलको नयाँ अभ्यास निकै राम्रो र प्रशंसा योग्य छ ।’ यसले बालबालिकाको सिकाई, बोलाई र संस्कारमा समेत प्रभावकारी भूमिका खेलेको अभिभावक शाहीले बताइन् ।

यस्तै गोखा यूनाईटेड पब्लिकका प्रशासकिय अधिकृत कर्ण बस्नेतले बालबालिकाको रुचीका आधारमा बालबालिकालाई अध्ययन अध्यापन गराईरहेकोे बताए । बालबालिकालाई अभिभावकले गर्नुपर्ने कतव्र्य र भूमिकाको बारेमा जानकारी समेत दिएका थिए ।

विव्यस अध्यक्ष तथा सञ्चालक केशर बहादुर आलेले राष्ट्रको विकासका निम्ति दक्ष जनशक्ति उत्पादन गर्न घोगन्त मात्र होइन, निरन्तर प्रयोगात्मक शिक्षण पद्धतीमा तथा सिद्धान्तमा आधारित क्रियाकलापहरु सञ्चालन भइरहेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १३ गते शनिबार