प्रदेश सरकारबाट पनि बाहिरियो राप्रपा

काठमाडौँ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रदेश सरकारबाट पनि बाहिरिएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले संघीय सरकारका साथै प्रदेश सरकारबाट पनि बाहिरिने निर्णय गरेको हो ।

राप्रपाले वर्तमान सत्ता सहकार्यमा आकस्मिक परिवर्तन भई मुलुक पुनः सत्ता केन्द्रित अस्थिरता तर्फ धकेलिएको निष्कर्ष पनि निकालेको छ ।