मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हेटैडा ।

मकवानपुरमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक जनाको मृत्यु भएको छ ।

हात्तीको आक्रमणबाट बकैया गाउँपालिका–५ पावसका ५० वर्षीय जनकलाल माझीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार गए राति ९ बजे घर नजिकै बाख्राको खोरतर्फ जाँदै गरेका माझीलाई हात्तीले आक्रमण गरेको हो ।

गम्भीर घाइते उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा राति नै निधन भएको श्रेष्ठले जानकारी दिए ।