बाँकेका ७ पालिकामा ५२ हजार बढिले हात्तीपाइलेको औषधी सेवन गरे




कोहलपुर ।

बाँकेका ७ पालिकामा ५२ हजार बढिले हात्तीपाइले औषधी सेवन गरेका छन् । बाँके लगायत विभिन्न २५ जिल्लामा विहिबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधी स्वास्थयकर्मीहरुले विद्यालय, बुथ केन्द्र र घरदैलोमा खुवाइरहेका छन् ।

बाँकेमा पहिलो दिनमा नेपालगञ्ज, कोहलपुर, खजुरा, डुडुवा, जानकी र बैजनाथमा ५२ हजार ४ सय ५९ जनाले सेवन गरेको स्वास्थ्य कार्यालय बाँकेका हात्तीपाइले रोगका फोकल पर्सन दुर्गा गौतमले बताइन् ।

‘राप्तीसोनारीबाट अझै तथ्थांक आएको छैन,’ उनले भनिन्, ‘केही समयपछि आउँला ।’ बाँकेमा ६ लाख भन्दा बढिले औषधी सेवन गराउने लक्ष्यका साथ ८ पालिकामा ७ सय बढि स्वास्यथकर्मीहरु परिचालन गरिएको फोकल पर्सन गौतमले बताइन् ।

हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन प्रत्येक वडा, पालिका, स्वास्थ्यचौकी, बुथ केन्द्र, विद्यालय र घरदैलामा १० दिनसम्म स्वास्थ्यकर्मीहरु ८ पालिकामा नै खटिने छन् । आफ्नो पायक पर्ने क्षेत्रमा गई औषधी सेवन गर्नका लागि स्वास्थ्यकर्मीहरुले अनुरोध गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन १२ गते शुक्रबार