फ्लोरिडाको ओर्लान्डोमा बुधबार भएको एक हत्याको रीपोर्टिंग गरिरहेका दुई पत्रकारमाथि बन्दुकधारीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
अधिकारिहरुका अनुसार बन्दुकधारीले ९ वर्षिया बालिका र उनकी आमालाई पनि गोलि हानि घाइते बनाएका छन्। १९ वर्षीय बन्दुकधारी किथ मेल्भिन मोसेस बुधवारको घटना लगत्तै पक्राउ गरिएको ओरेन्ज काउन्टीका शेरिफ जोन मिनाले भने।
मोसेसलाई २० वर्षिया महिलाको हत्यामा संलग्नता भएको प्रहरीले केहि घण्टा अघि मात्र पुष्टि गरेको थियो। उक्त हत्याको रेपोर्टिंगमा रहेका दुई पत्रकारमाथि मोसेसले गोलि प्रहर गरेको शेरिफ मिनाले बताए।
‘स्पेक्ट्रम न्यूज १३’ का रिपोर्टर र फोटोग्राफर लगायत अन्य पीडितहरूको पहिचान हुन सकेको छैन। मोसेसलाई हिरासतमा लिँदा उनीसंग एक थान पेस्तोल बरामद भएको मिनाले बताए। मोसेसविरुद्ध दर्ता भएको आरोप लामो रहेको ओर्लान्डो प्रहरी विभागले जनाएको छ। उनीविरुद्ध लागेको आरोपहरु बन्दुक अपराध, कुटपिट, घातक हतियारको प्रयोग गरि आक्रमण, चोरी र डकैति हुन्।
हत्याको पछाडी कुनै उद्देश्य नरहेको मिनाले बताए। तर हत्या भएकी महिला र मोसेस बीच चिनजान रहेको र अर्को एक व्यक्तिसँग कारमा बसिरहेको बेला उक्त घटना घटेको मिनाले जनाए।
गोलिबारीमा परेका दुई रिपोर्टरहरु पत्रकार भएकाले निशाना बनेका मिनाले बताए। ति पत्रकार चढेको गाडीमा उनको च्यानलको नाम नलेखिएको शेरिफले बताए।
मोसेसले गोली प्रहार गर्दा पत्रकारहरु आफ्नो गाडीको आसपास थिए । “जहाँसम्म हामीलाई थाहा छ, मोसेसको पत्रकारहरूसँग कुनै सम्बन्ध थिएन र आमा वा नौ वर्षको बच्चासँग कुनै सम्बन्ध थिएन, र [हत्यारा] उनीहरूको घरमा किन पसेको हामीलाई थाहा छैन,” शेरिफले भने।
‘हामीलाई थाहा भए अनुसार मोसेसको पिडितहरुसँग कुनै सम्बन्ध छैन। उनले ति ९ वर्षिया बालिका र उनकी आमालाई घरमा छिरेर किन गोलि प्रहार गरे हामीलाई थाहा छैन,’ शेरिफले भने।
आमा र घाइते पत्रकार दुवैको अवस्था गम्भीर रहेको उनले बताए ।
(एजेन्सीको सहयोगमा)
Photo: AP
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्