गोली लागेको अवस्थामा मृत भेटिए प्रहरी जवान




सर्खेत ।

सुर्खेतमा एक जना प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन् ।

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत प्रहरी जवान कवीन्द्र विक कन्चटमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतकी इन्सपेक्टर झरना सोनारका अनुसार विक आफैंले बोकेको एसएलआरको गोली दायाँ कन्चटमा लागेको छ । उनका अनुसार घटना आज बिहान २ः५६ बजे तिरको हो । त्यतिबेला विक ड्युटीमै थिए ।

अहिले शव शव पोष्टमार्टमका लागि कर्णाली प्रदेश अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान गरिरहेको इन्सपेक्टर सोनारले जानकारी दिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ फागुन ११ गते बिहीबार