नेपाल शिक्षक संघ रुकुम पश्चिमको अध्यक्षमा खडका

भगवती पोख्रेल, कोहलपुर  ।

शिक्षक संघ रुकुम पश्चिमको ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

उक्त अधिवेशनबाट सर्वसम्मत रुपमा निर्वाचित डम्बर बहादुर खड्का अध्यक्षमा चयन भएका हुन ।

उनको नेतृत्वमा उपाध्यक्षमा प्रभा कुमारी थापा (ओली), उपाध्यक्षमा शंकर कुमार रावल, सचिवमा  खड्क बहादुर डि सी, सचीव (अर्थ) मा डिल्ली बहादुर डाँगी, सह-सचिवमा यज्ञ बहादुर ओली, सह-सचिव (समावेशी)मा मनजित ओली, सह सचिव (समावेशी) मा शुधिर कुमार केसी, सह-सचिव (अर्थ)मा मञ्जु केसी र  सह सचिव (महिला) मा शारदा पुन चयन गरिएको सह सचिव डिल्ली डांगिले जानकारी दिए ।